पीएसजीले व्यहोर्यो सिजनको पहिलो हार, स्ट्रासबर्गसँग २-१ले पराजित

Advertisement

एजेन्सीः फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा सिजनकै पहिलो हार व्यहोरेको छ । गए राति भएको खेलमा लिग लिडर पीएसजी स्ट्रासबर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

स्ट्रासबर्गको घरेलु मैदानमा भएको खेलमा नुना डा कोस्टाको गोलबाट घरेलु टोलीले १३ औं मिनेटमा अग्रता लियो । पहिलो हाफको ४२ औं मिनेटमा एमबापेले पीएसजीका लागि गोल गरेपछि खेल १-१ को बराबरीमा आयो ।

६५ औं मिनेटमा घरेलु टोलीका लागि स्टफेन बाहोकेनले गोल गर्दै घरेलु टोलीलाई २-१ गोलको जित दिलाए । हार व्यहोरेपनि पीएसजी लिगको दोस्रो स्थानमा रहेको मोनाकोभन्दा ९ अंकले यथावत रहेको छ ।

Advertisement

Advertisement

Advertisement