जनता बैंकको १४.४० प्रतिशत बोनस सेयरपछि पुग्ने भो चुक्ता पूँजीको सीमा

Advertisement

काठमाडौँ: जनता बैंकले १४. ४० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम ६ अर्ब ९९ करोड ३६ लाख ९३ हजार ९९० रुपियाँको १४.४० प्रतिशतले हुने १ अर्ब ७० लाख ९१ हजार ९९५ रुपियाँ बराबरको बोनस दिने निर्णय गरेको हो ।

बोनस प्रस्ताव राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । यो बोनस सेयर दिइसकेपछि जनताको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ९८५ रुपियाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६ करोड ४८ लाख १७ हजार रुपियाँ खुद मुनाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपियाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपियाँ ६ पैसा छ ।

Advertisement

Advertisement

Advertisement