गौचन हत्याका प्रमुख योजनाकार बस्नेत पक्राउ, सेयर लेनदेन हत्याको प्रमुख कारण

Advertisement

काठमाडौँ: प्रहरीले शरद कुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) ले बस्नेतलाई चितवनबाट पक्राउ गरी आइतबार ब्युरोको कार्यालय पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

ब्युरोका प्रमुख निर्देशक पुस्कर कार्कीका अनुसार गौचन हत्याको प्रमुख कारण बस्नेत र मृतक गौचनबीच डाँफे निर्माण सेवा कम्पनी र गजुरमुखी निर्माण सेवाको सेयर लेनदेन बिषयमा विवाद हुँदा गौचनको हत्या भएको बताएको छ ।

मुख्य कारणहरु यस्ता छन् ?
१) प्रारम्भिक अनुसन्धानको क्रममा मृतक गौचनले संचालन गर्दै आएको डाँफे निर्माण कम्पनीमा सेयर दिने भनि गजुरमुखी निर्माण कम्पनीका मुख्य लगानी कर्ता मृतक कुमार श्रेष्ठ (घैंटे) मार्फत दुई करोड पचास लाख रुपियाँ लिएको भन्ने खुलेको ।
२) उक्त रकम मध्ये समिरमान सिंह बस्नेतको एक करोड भएको दावी गरेको ।
३) कुमार श्रेष्ठको मृत्यु पश्चात उक्त सम्पूर्ण रकम बराबरको डाँफे निर्माणमा सेयर वा रकम फिर्ता गर्न भनी समिरमान सिंह बस्नेतले पटक पटक माग गर्दै गर्दा समेत फिर्ता नगरेपछि विवाद उत्कर्षमा पुगेको ।
४) बिरगंजदेखि बिराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिसन बापतको दुई प्रतिशत माग गरेकोमा वेवास्ता गरेको ।

को को पक्राउ परे ?
१) समीरमान सिंह बस्नेत (मुख्य योजनाकार)
२) बसन्त थेवे
३) धनराज योङहाङ
४) राजिव स्याङताङ
५) प्रकास बुढाथोकी
६) शिवजी महतो
७) मुकेश कुमार पाण्डे
८) सन्तोष गुरुङ

फरार अभियुक्तहरु
१ मनोज पुन
२) लोप्साङ लामा
३) गंगा प्रस्काश लिङदेन
४) श्याम गोम्बे गुरुङ
५) अमर बहादुर रानामगर
६) रोशन बुढाथोकी
७) अजय थापा

मनोज पुनसंगको संलग्नता छैन
बस्नेतको भनाइ उद्दृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार मनोज पुन जो यस घटनामा पनि तानिएको थिए तर बस्नेत स्वयमले यस घटनामा पुनको कुनै संलग्नता नरहेको दावी गरेको छ । बस्नेत समूह र पुन समूह रुपन्देहीमा दुर्गा तिवारीको हत्या गरे पछि सो दुई समूह छुट्टिएर बसेको र आ-आफ्नै कारोबार सम्हालेको बस्नेतले प्रहरी समक्ष आफ्नो बयान दिएका छन्।

अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु
१) दुर्गा तिवारी हत्यामा मनोज पुनले घटनाको सम्पुर्ण जिम्मेवारी लिएतापनि त्यस घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्नेत भएको खुल्न आएको ।
२) दुर्गा तिवारीलाई गोली प्रहार गर्ने लोप्साङ लामा समिरमान सिंह बस्नेतको मुख्य सहयोगी व्यक्ति भएको खुल्न आएको ।
३) दावा लामालाई गोली प्रहार गरी घाइते बनाएको घटनामा समिरमा सिंह बस्नेतको योजनामा लोप्साङद्दारा अमर बहादुर रानामगरलाई प्रयोग गरी गोली प्रहार गरेको ।
४) शरद कुमार गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटनामा समिरमान सिंह बस्नेतको योजनामा लोप्साङ लामा र मनोज पुन लगायत अन्य १२ जना गरी जम्मा १५ जना संलग्न भएको ।
५) समिरमान सिंह बस्नेत पक्राउ परे पश्चात उक्त समुहको नेतृत्व लोप्साङ लामाले सम्हालेको र आन्तरिक द्धन्द्धका कारण मनोज पुन उक्त समुहबाट अलग्गिएको भन्ने खुल्न आएको ।

Advertisement

Advertisement

Advertisement