चेम्वर एक्स्पोको आज अन्तिम दिन

Advertisement

काठमाडौंः राजधानीको भृकुटीमण्डपमा जारी नेपाल चेम्वर एक्स्पोको आज सोमबार अन्तिम दिन भएको आयोजक नेपाल चेम्बर अफ कमर्शले जानकारी दिएको छ । गएको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले यसको दघाटन गरेकी थिइन ।

एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको जनाउँदै नेपालबाहिर अन्य मुलुकका सामानहरुको समेत प्रदर्शनी भएकाले मानिसहरुलाई यसमा रुची बढेको जनाइएको छ । एक्स्पोमा अटोमोवाइल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, फ्लोरिंग एण्ड फर्निसिङ, होम अप्लाइन्स, फेशन वेयर, मोवाइललगायतका २२५ वटा स्टलहरु राखिएका छन् ।

एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको छ । नेपाली निर्यातयोग्य वस्तुहरुको निर्यात बढाउने उद्देश्यले आयोजित यो चेम्बर एक्स्पो तेस्रो पटक आयोजना गरिएको हो ।

Advertisement

Advertisement

Advertisement