प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रा जारी, वेस्टह्याम २-१ ले पराजित

Advertisement

एजेन्सीः इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले १३औं खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्दै कीर्तिमानी जित दर्ता गरेको छ । लिग लिडर सिटीले गए राति भएको खेलमा वेस्टह्याम युनाइटेडलाई २-१ गोल अन्तरले पराजित हो ।

सिटीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १-० ले पछि परेको स्थिति उल्टाएर रेलिगेसन जोनमा रहेको वेष्टह्याम माथि जित निकालेको हो । वेस्टह्यामलाई सुरुवाती अग्रता दिलाउने क्रममा ४४ औं मिनेटमा ओग्बोन्नाले गोल गरे ।

तर, दोस्रो हाफमा आक्रमक देखिएको सिटीको लागि ५७ औं मिनेटमा ओटामेन्डीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । खेलको ८३ औं मिनेटमा डेभिड सिल्भाले गोल गरेपछि सिटीले २-१ को जित निकाल्यो ।

जितसँगै सिटीको लिगमा १५ खेलबाट ८ अंकको अग्रताका साथ ४५ अंक रहेको छ । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सम्मान खेलबाट ३५ अंक छ ।

Advertisement

Advertisement

Advertisement