नेसनल माइक्रोफाइनान्सको नयाँ सेयर मूल्य समायोजन दुई हजार ६२१ रुपियाँमा

Advertisement

काठमाडौँ: नेसनल माइक्रोफाइनान्स वित्तिय संस्थाको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको छ । समायोजनपछि नेसनलको प्रतिकित्ता सेयरको मूल्य दुई हजार ६२१ रुपियाँ तोकिएको छ ।

यस्तै, नेसनलको औसत आधार मूल्य एक हजार ३६० रुपियाँ रहेको छ । नेसनलले मंसिर २७ गते हुने साधारण सभामा गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्दैछ ।

कम्पनीले बोनसका लागि दुई करोड रुपियाँ र नगद लाभांशमा एक करोड ५० लाख रुपियाँ खर्च गर्नेछ ।

हाल नेसनल माइक्रोफाइनान्सको चुक्ता पुँजी १२ करोड रुपियाँ छ । कम्पनीले २० प्रतिशत बोनसलाई जोडेर चुक्ता पुँजी १० करोड रुपियाँबाट १२ करोड पुर्याएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेसनलले एक करोड ९७ लाख २३ हजार रुपियाँ खुद नाफा कमाएको छ । अहिले नेसनलको वार्षिक प्रतिसेयर आम्दानी ६५ रुपियाँ ७४ पैसा छ ।

Advertisement

Advertisement

Advertisement