थापा अस्पतालबाट डिस्चार्ज, समर्थकलाई भने - बम मैप्रति लक्षित थियो

Advertisement

काठमाडौंः नारायणथानस्थित चपली हाइटमा भएको बम बिस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा त्रिवि शिक्षण अस्पताल, महाराजगंजबाट डिस्चार्ज भएका छन् ।

यसघि, उनीसहित ११ जना उक्त घटनामा घाइते भएका थिए । थापा काठमाडौं-४ का कांग्रेस उम्मेदवार हुन् । चार जना बाहेक अन्य घाइतेहरु भने उपचार पछि डिस्चार्ज भएका छन्, अस्पतालका डा प्रताप नारयण प्रसादले जानकारी दिएका छन् ।

बिस्फोटमा थापासहित श्यामकृष्ण श्रेष्ठ, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, रेणु भरुवाल रहेका छन् । यस्तै सामान्य घाइतेमा ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, काशिलाला श्रेष्ठ, पर्शुराम थापा रहेका छन् ।

घटना पश्चात अस्पतालमा उनलाई भेट्न आफ्ना ससुरा अर्जुन नरसिंह केसी, श्रीमती, तथा सुरक्षा अवस्था बुझ्न नेपाल प्रहरीका आयुक्त जय बहादुर चन्द लगायत सयौं समर्थक अस्पताल परिसरमा जम्मा भएका थिए ।

Advertisement

Advertisement

Advertisement