मालपोत कार्यलयका दुई कर्मचारी घुस लिँदालिँदै अख्तियारद्वार पक्राउ

Advertisement

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । आयोगले कलंकीका दुई जना कर्मचारीलाई घुस लिइरहेको बेला रङगेहात पक्राउ गरेको हो ।

आयोगबाले कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाई पक्राउ गरेको हो । उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस लिँदै गर्दा पक्राउ गरिएको आयोगले जानकारी दिएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement