चेम्बर एक्स्पोमा पाँच करोडको कारोबार

Advertisement

काठमाडौंः पाँंच दिनेदेखि राजधानीको भृकुटीमण्डपमा जारी ‘चेम्बर एक्स्पो २०७४’ सोमबार सम्पन्न भएको छ । एक्स्पोमा पाँंच करोड रुपियाँभन्दा बढीको कारोबार भएको आयोजक नेपाल चेम्बर अफ कमर्शले जनाएको छ ।

नेपालसहित आठ मुलुकको सहभागिता रहेको एक्स्पोमा विभिन्न कम्पनीका गाडीहरूको अर्डर बढी भएको जनाइएको छ । एक्स्पोमा निर्माण सामग्रीका रुपमा रहेका भूकम्प प्रतिरोधात्मक सामग्रीको अर्डर एक्स्पोका संयोजक राष्ट्रभूषण चाकुबजीले जानकारी दिए । यस बर्ष मेलामा ५० हजारभन्दा बढीले अवलोकन गरेको उनले बताए ।

एक्स्पोमा अटोमोबाइल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाइन्स, फेशन वेयर, मोबाइललगायतका २२५ स्टल राखिएका थिए ।

Advertisement

Advertisement

Advertisement