कावेली विकासको सेयर लिलामी बिक्री खुला आजबाट

Advertisement

काठमाडौं: कावेली विकास बैंकको मंगलबारदेखि सर्वसाधारण समूहको १२ हजार ५८७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरिएको छ ।

इच्छुक लगानीकर्ताले लिलामीमा न्यूनतम १०० रुपियाँलाई आधार मानेर बोलपत्र फारम भर्नुपर्नेहुन्छ । यसको अन्तिम म्याद मंसिर २९ गते तोकिएको छ ।

काबेलीले यसघि भदौ १८ देखि कात्तिक १५ गतेसम्म ५० प्रतिशत अर्थात ३ लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सबै हकप्रद बिक्री हुननसकेपछि कवेलिले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर काठमाडौं तथा ग्लोबल आइएमई बैंकको विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

हाल काबेलीको चुक्ता पुँजी ७ करोड १ लाख ७६ हजार रुपियाँ छ । लिलामीपछि भने बैंकको चुक्ता पुँजी १० करोड ५२ लाख ६४ हजार रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement