बुटवल पावर र प्रिमियर इन्स्युरेन्सको ५०१ र ७९९ रुपियाँमा एफपीओ आउँदै

Advertisement

काठमाडौं : बुटवल पावर कम्पनीले नेपाल धितो पत्र बोर्डबाट थप सार्वजनिक निष्काशनको (एफपीओ) जारी गर्न अनुमति प्राप्त गरेको छ । त्यस्तै, बोर्डले सोमबार नै प्रिमियर इन्स्युरेन्सलाई पनि एफपीओको लागि अनुमति दिएको छ ।

बोर्डले बुटवल पावरलाई १०० रुपियाँ फेस भ्यालुमा ४०१ रुपियाँ प्रिमियम जोडेर प्रतिकित्ता ५०१ रुपियाँमा एफपीओ बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपीओ बिक्री गर्नेछ । यसआधारमा यो कम्पनीको कुल २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपियाँ बराबरको एफपीओ आउनेछ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । कम्पनीको हाल १ अर्ब ९० करोड रुपियाँ चुक्ता पुँजी रहेको छ ।

यस्तै, प्रिमियर इन्सुरेन्सले पनि फेस भ्यालु १०० रुपियाँमा ६९९ रुपियाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपियाँमा एफीओ बिक्री गर्न अनुमति पाएको हो । इन्सुरेन्सले ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गर्न अनुमति पाएको हो । प्रिमियर इन्सुरेन्सले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपियाँ बराबरको एफपीओ जारी गर्न लागेको हो ।

प्रिमियरको एफपीओमा पनि बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले नै गर्दैछ । कम्पनीले बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन एफपीओको सहारा लिएको हो ।

Advertisement

Advertisement

Advertisement