विश्वमै पहिलो पटक सफल मुटु प्रत्यारोपण गर्ने ति सफल डा बर्नार्ड

Advertisement

एजेन्सी: सन १९६७ मा डा. क्रिस्टियन बर्नार्ड दक्षिण अफ्रिकाको केप टाउन शहरमा विश्वमै पहिलो मुटु प्रत्यारोपण गर्न सफल डाक्टर हुन् ।

उनको मृत्यु सन् २००१ मा भइसकेको छ भने उनले सो एतीहाँसिक कार्य डिसेम्बर २ १९६७ मा गरेका थिए जतिबेला अरु बिश्वका डाक्टरहरु पनि त्यो सफल कार्यको लागि प्रयासरत थिए । उनको मृत्यु ७८ वर्षको उमेरमा साइप्रसमा भएको थियो । उनी अरुको लागि मुटुसम्म प्रत्यारोपण गर्न सफल भए पनि आफु चाहिं सांघातिक दमको रोगबाट पीडित भएर ज्यान गुमाए ।

बर्नार्डले आफ्नो पहिलो मुटु प्रत्यारोपण लुइस वास्क्यान्सकीमा गरेक थिए जो प्रत्यारोपण गरेको १८ दिन मात्रै बाँच्न सफल भए । बर्नार्डले दोश्रो सफल प्रत्यारोपण डाक्टर फिलिप ब्लेबर्गको गरेका थिए जो १९ महिना बाँचेका थिए ।

सो पहिलो प्रत्यारोपण गर्नु पूर्व डाक्टर बर्नार्डले ल्याबमा एक लाख चोटीभन्दा बढी प्रयास गरेका थिए । हाल अमेरिकामा मात्रै १६० त्यस्ता अस्पतालहरु छन् जहाँ मुटु प्रत्यारोपण गरिन्छ । तर त्यस्ता प्रत्यारोपणका एक वर्ष पूरा गर्नेको सफल दर भने ८५ देखि ९० प्रतिशत छन् भने पांच वर्षभन्दा बढी बाँच्ने पीडितहरुको औसत दर ७५ प्रतिशत मात्रै रहेको छ । डाक्टर बर्नार्डले मृतक मानिसको मुटु झिकेर पहिलो पटक त्यसको सुरुवात गरेका थिए ।

Advertisement

Advertisement

Advertisement