सिटी एक्स्प्रेसको उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा

Advertisement

काठमाडौंः सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेताको घोषणा गरेको हो ।

चाँदीको सिक्का विजेताका रुपमा कल्पना लिम्बु, कमला बिक, नारायण न्यौपाने, अनितादेवी चौधरी, सारदा बेलबासे, कमल केसी र सिता कुमारी छेत्री छनोट भएका छन् ।

ओप्पो फोन विजेताका रुपमा पोखराका बसन्धरी गौतम र ईलामकी दुर्गामाया राई छनोट भएका छन् भने एलजी रेफ्रिजेरेटरको बिजेताको रूपमा महाराजगञ्जका चन्द्रबहादुर थिङ छनोट भएका छन् ।

विगत झण्डै १२ बर्षदेखि विप्रेषण सेवा प्रदान गर्दै आएको सिटी एक्स्प्रेसले गएको दशैं तिहार र छठलाई लक्छित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोमा अन्तिम हप्ताको नजिता सार्वजनिक गरेको हो । यस बर्ष कम्पनीले आफ्ना उपभोक्ताहरुका लागि ९० दिनसम्म चल्ने उपहार योजना ल्याएको थियो ।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुन सक्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement