नेपाल बङ्लादेश बैंकका नयाँ शाखाहरु सिन्जा, साङ्गुरीगढी, छत्तर र पाँचखपनमा

Advertisement

काठमाडौंः नेपाल बङ्गलादेश बैंकले चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले जुम्लाको सिन्जा, धनकुटाको भेडेटार, साङ्गुरीगढी तथा तेह्रथुमको छत्तर, र सङ्खुवासभाको पाँचखपनबाट नयाँ शाखाहरु औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो ।

सञ्चालनमा आएका शाखाको उद्घाटन कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, नायव महाप्रबन्धक श्री सुरेन्द्र भुषणका साथै बैंकका संचालकहरुको सहभागितामा भएको थियो । साथै, बैंकले भेडेटार, साङ्गुरीगढीबाट एटिएम सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकको चार नयाँ शाखा सञ्चालनमा आएपछि कुल शाखा ५४ पुगेको छ । साथै, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ४८ वटा एटिएम बाट बैंकिले सेवा दिन लागेको छ ।

Advertisement

Advertisement

Advertisement