नेपाल पेरु उधोग वाणिज्य संधको अध्यक्षमा उमङ्ग अग्रवाल

Advertisement

काठमाडौंः नेपाल पेरु उद्योग वाणिज्य संघको पाँचौ वार्षिक साधारणसभा उमङ अग्रवालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको आगामी बैंठकले पदाधिकारी चयन गर्ने जनाइएको छ ।

नेपालका लागि पेरुका राजदुत जोर्ज कास्टानेडाको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले कार्यसमितिको सदस्यहरु कमसः राकेश सरावत्री, गौरब अग्रवाल, सञ्जय खेतान, निर्मलराज पौडेल, ललिता अग्रवाल, कुञ्ज विहारीमोर, कृष्ण धनावत, सन्दिप खेतान, संजय अग्रवाल, मित्तल सोम गुरुङ्, दिनेश गोयल, अनिल अग्रवाल, संदिप गर्ग, राजेश तुल्स्यान र अतुल सरावजीलगायतलाई चयन गरेको छ ।

हाल नेपालले पेरुजुट, यार्न, चिया, कार्पेट, कास्मिरी पस्मिना, मेडिकल प्लान्ट, छालाजन्य वस्तुहरुको निकासी गर्दै आएको छ । विश्वको छैटौं ठूलो सुन उत्पादक, दोस्रोे ठूलो चाँदी उत्पादक, तेस्रो ठूलो कपर र जिङ्क उत्पादक मुलुकको रुपमा रहेको पेरुबाट नेपालले धेरै फाइदा लिनसक्ने व्यवसायीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement