च्याम्पियन्स लिगमा बार्यनसँग पीएसजी ३-१ ले पराजित

Advertisement

एजेन्सीः गए राति भएको च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्यन म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि सानदार जित निकालेको छ । म्युनिखले पीएसजीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्यनको घरेलु मैदानमा भएको खेलमा रोबर्ट लेभान्डोस्कीले आठौं मिनेटमा गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा टोलिसोले गोल गरेपछि पहिलो हाफमा बार्यन २-० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको ५० औं मिनेटमा एमबापेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे । तर, ६९ औं मिनेटमा टोलिसोले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यन म्युनिखलाई ३-१ को जित दिलाए ।

यस खेलसँगै समूह बीमाका दुबै टोलीको समान १५ अंक भएपनि गोल सङख्याका आधारमा पीएसजी समुह बिजेता तथा बार्यन उपविजेता बनेको छ ।

Advertisement

Advertisement

Advertisement