मुक्तिनाथको २० प्रतिशत बोनस सेयर आउंदै, अधिकृत पुँजी ३ अर्ब रुपियाँ पुर्याउन प्रवन्धपत्र संशोधन गर्दै

Advertisement

काठमाडौं : मुक्तिनाथ विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश गर्ने भएको छ । उसले सो को प्रस्ताव बैंकको ११ औं वार्षिक साधारण सभा पुस १९ गते बस्ने बैठकमा लैजाँदै छ ।
बैंकले कर तिर्ने प्रयोजनको लागि एक दसमलव शुन्य पांच प्रतिशत नदग लाभांश दिने प्रस्ताव पनि लैजाने भएको छ । बैंकले बोनस सेयरमा ४३ करोड १९ लाख ६० हजार ५५३ रुपियाँ र लगद लाभांसका लागि २ करोड २७ लाख ३४ हजार ७६६ रुपियाँ खर्च गर्नेछ ।

त्यस्तै, मुक्तिनाथले अधिकृत पुँजी ३ अर्ब रुपियाँ र चुक्ता पुँजी २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपियाँ पुर्याउन सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि पेश गर्नेछ ।

साधारण सभा होटल पोखरा ग्राण्ड पार्दी, विरौटा पोखरामा बिहान ११ बजे सुरु हुनेछ । बैंकले यसअघि नै ४०% हकप्रद सेयर भर्ने लगानीकर्ताले पनि लाभांश पाउने जनाइसकेको छ ।

यसआधारमा मुक्तिनाथले ४०% हकप्रदसहित कायम हुने चुक्ता पुँजीबाट २०% बोनस र १.०५% नगद लाभांश दिन लागेको हो । बैंकले भदौ ४ देखि असोज ८ गतेसम्म १०ः४ अनुपातमा ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सभामा बैंकले २०७३÷७४ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा अन्य हिसाब सम्बन्धी प्रस्तावहरु पनि पेश गर्नेछ । साधारण सभा गर्न मुक्तिनाथले पुस ७ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्नेछ ।

पुस ६ गतेसम्म मात्र कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ५४ करोड २७ लाख १६ हजार रुपियाँ छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब १५ करोड ९८ लाख २ हजार ७६४ रुपियाँ पुग्नेछ । २०% बोनसपछि भने चुक्ता पुँजी २ अर्ब ५० करोड १७ लाख ६३ हजार ३१७ रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement