काठमाडौं १ र ४ बाट काँग्रेसका प्रकाशमान र गगनले जिते

Advertisement

काठमाडौंः राजधानी काठमाडौंको क्षेत्र नं. १ बाट काँग्रेसका प्रकाशमान सिंह र क्षेत्र नं. ४ बाट कांग्रेसका युवा नेता गगन विजयी भएका छन् । प्रकाशमानले विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई झिनो मतअन्तरले हराएका हुन ।

प्रकाशमानले १० हजार ९२६ मत ल्याएका छन् भने रविन्द्रले १० हजार १११ मत ल्याएका छन् । वामगठवन्धनबाट उम्मेदार रहेका माओवादीका अनिल शर्माले पाँच हजार ३३६ मत ल्याएका छन् ।

त्यस्तै, वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई तीन हजार भन्दा बढी मतले पछि पार्दै गगन थापा विजयी भएका छन ।

थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका भन भने भट्टराईले १८ हजार १४० मत पाएका छन । विवेकशील साझा पार्टीकी उम्मेदवार सुवुना बस्नेतले तीन हजार ४० पाइन् ।

Advertisement

Advertisement

Advertisement