काठमाडौंमा चिनिया शैक्षिक मेला सुरु

Advertisement

काठमाडौंः काठमाडौंमा शनिबारदेखि दोस्रो चिनिया शैक्षिक मेला सुरु भएको छ । चीनका विभिन्न १६ वटा विश्वविद्यालयले मेलामा आफ्नो स्टल राखेका छन् ।

शैक्षिक मेलाको उद्घाटन शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले गरे । मेलामा नान्जिङ युनिभर्सिटी अफ एरोनिकल एन्ड एस्ट्रोनोटिक्स, ज्याङसु युनिभर्सिटी, चाइना युनिभर्सिटी अफ माइनिङ एण्ड टेक्नोलोजी, सान्दोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, सान्दोङ नर्मल युनिभर्सिटी र चाइना युनिभर्सिटी अफ जिओ साइन्सेसबाट डीन, सहायक डीन र कार्यक्रम संयोजक आफैं उपस्थित छन् ।

मेलामा तीन हजारभन्दा बढी विद्यार्थी सहभागी हुने फ्रेस स्टार्ट एजुकेशन कन्सल्टेन्सीका निर्देशक दीपेश रेग्मीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement