व्यक्तिगत खर्चमै पश्चिम चितवन बनाउन लागिपरेका विक्रमलाई प्रचण्ड ठूलो चुनौति

Advertisement

भरतपुरः विशेष गरी पश्चिम चितवनको विकासमा आफ्नै लगानीमा समेत विकास निर्माण र सामाजिक कार्यमा ठूलो लगानी गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई पुष्पकमल दाहाल प्रचण्ड ठूलो चुनौति बनेका छन् ।

प्रतिनिधिसभाको जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका एवं पूर्वप्रधानमन्त्री प्रचण्डले मतान्तर बढाउँदै गएपछि विक्रमको जितमा चुनौति थपिएको हो । यसअघिको दोस्रो प्रतिनिधिसभा निर्वाचनमा ठूला दलहरुलाई समेत पराजित गरेका विक्रमलाई प्रचण्डको सामाना गर्न कठिन भइरहेको छ ।

पछिल्लो मतगणनाअनुसार चितवन क्षेत्र नं ३ मा प्रचण्डले दुई हजार चार सय मतको अग्रता लिएका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रचण्डले पाँच हजार ७५६ मत ल्याएका छन् भने विक्रम पाण्डेले तीन हजार ३५९ मत पाएका छन् ।

हिंसात्मक आन्दोलनबाट उदाएका प्रचण्ड र विकासवादी विक्रमको रोचक प्रतिस्पर्धा अहिले सबैको चासोको विषय भनेको छ । प्रचण्डका पुत्र प्रकाशको हालै असामयिक निधन भएपछि चितवन क्षेत्र नं. ३ का मतदाताले प्रचण्डलाई सहानुभूतिको मत दिएकाले उनको अग्रता भएको अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement