नारायणकाजीलाई हराएर बाबुरामले बाजी मारे, झण्डै सात हजार मतअन्तर

Advertisement

गोरखाः प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नं. २ बाट नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् । उनले वामगठवन्धनका तर्फबाट माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पराजित गरेका हुन ।

भट्टराईले श्रेष्ठलाई छ हजार ८७४ मतान्तरले पराजित गरेका हुन्। भट्टराईले ३२ हजार ८०७ मत प्राप्त गरे भने श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका छन् ।

यसअघि २०६४ र २०७० को संविधान सभाको निर्वाचनमा पनि विजयी भएका भट्टराई वामगठवन्धनमा सामेल भए पनि गोरखा २ बाट उनलाई टिकट दिन गठवन्धनले अस्वीकार गरेपछि उनी लोकतान्त्रिक गठवन्धनमा सामेल भएका थिए । गोरखा २ मा ६० हजार ११७ मत खसेकोमा दुई हजार ६३८ मत बदर भएका छन्।

Advertisement

Advertisement

Advertisement