गुल्मीमा वामगठवन्धनले कब्जा जमायो, प्रदीप ज्ञवाली र गोकर्ण विष्ट विजयी

Advertisement

गुल्मीः प्रतिनिधिसभा सदस्यका लागि गुल्मीका दुवै क्षेत्रबाट वामगठवन्धनका उम्मेदवारहरुले प्रतिनिधित्व गर्न सफल भएका छन् । गुल्मी क्षेत्र नं. १ बाट एमालेका प्रदीप ज्ञवालीले १९ हजार ३५२ मतसहित विजयी भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका चन्द्र भण्डारीले १४ हजार २३३ मत पाए । त्यस्तै, गुल्मी २ बाट एमालेकै गोकर्ण बिष्ट २२ हजार १७७ मतसहित विजयी भएका छन् भने काँग्रेसका चन्द्र केसीले १२ हजार ३०४ मत पाए ।

प्रदेशसभातर्फ गुल्मी क्षेत्र नं १ क मा माओवादी केन्द्रका सुर्दशन बरालले १४ हजार ४५१ मतसहित विजयी भएका छन् भने काँग्रेसका पृथवा फौजदारले १० हजार ११ मत पाएका छन् ।

क्षेत्र नं. १ ख मा एमालेका कमल श्रेष्ठले १३ हजार ४११ मतसहित विजयी भएका छन् भने काँग्रेसका धनेन्द्र कार्कीले १० हजार ९०४ मत पाएका छन् । त्यस्तै, क्षेत्र नं. २ क मा एमालेका खडक केसीले १६ हजार १६५ मतसहित विजयी भएका छन् भने काँग्रेसका शालिक पन्थीले ११ हजार ६७३ मत पाएका छन् । क्षेत्र नं. २ ख मा माओवादी केन्द्रका दिनेश पन्थीले १७ हजार ६०१ मतले विजयी भएका छन् भने काँग्रेसका छन्दबहादुर पहराईले नौ हजार ५६४ मत पाएका छन् ।

Advertisement

Advertisement

Advertisement