महरा १२ हजार मतअन्तरले विजयी

Advertisement

दाङ दाङ क्षेत्र नं २ बाट वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका राजु खनाललाई १२ हजार २७२ मतान्तरले पराजित गरेका छन् ।

महराले ३८ हजार ३०८ मत पार्इ विजयी भएका हुन । उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका राजु खनालले २६ हजार ३६ मत पाएका छन् ।

यसअघि २०६४ को पहिलो संविधानसभामा दाङबाट निर्वाचत भएका महरा दोस्रो संविधानसभा निर्वाचन २०७० मा रोल्पाबाट निर्वाचित भएका थिए ।

Advertisement

Advertisement

Advertisement