प्रदेश नं. १ मा वामगठवन्धनबाट मुख्यमन्त्रीको दाबेदार जीवन घिमिरे विजयी

Advertisement

काठमाडौंः प्रदेश नं. १ बाट मुख्यमन्त्रीको प्रमुख दाबेदार जीवन घिमिरेले मोरङ क्षेत्र नं. ४ (ख)बाट प्रदेशसभाका लागि निर्वाचित भएका छन् । उनले काँग्रेसका विश्वनाथ रिजाललाई हराउँदै विजय हासिल गरेका हुन ।

घिमिरेले १३ हजार ८०५ मत प्राप्त गरी विजयी भएका हुन भने रिजालले ११ हजार ६१६ मत पाएका छन् । एमाले नेताहरु घनश्याम भुसाल, भीम आचार्य, इश्वर पोखरेलका समकालिन नेता घिमिरेले अबको प्रदेश नं. १ को मुख्यमन्त्री आफू नै भएको बताउँदै आएका छन् ।

उक्त प्रदेशमा शेरधन राईको समेत नाम मुख्यमन्त्रीमा चर्चामा रहे पनि राजनीतिक योगदान, त्याग र पार्टीमा भूमिका गरेका हिसावले राईभन्दा आफू धेरै वरिष्ठ भएकाले मुख्यमन्त्रीको आफ्नो दावी स्वाभाविक भएको घिमिरेले बताउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement