अल्पाइन र सेतीलाई प्राप्ति गरेपछि सेन्चुरीको आजबाट एकिकृत कारोबार सुरु

Advertisement

काठमाडौँ: सेञ्चुरी बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरेपछि आजबाट एकीकृत कारोबार सुरु भएको छ ।

एक्वाएर पश्चात सेञ्चुरी बैंकको नामबाटै वित्तीय कारोबार हुनेछ । सेञ्चुरीले अल्पाइनसँग १००ः९३ र सेतीसँग १००ः७० स्वाप रेसियो कायम हुने गरी एक्वाएर गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सेञ्चुरीको चुक्ता पुँजी ५ अर्ब ४६ करोड ५ लाख २९ हजार रुपियाँ पुगेको छ । अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरेसँगै सेञ्चुरीको चुक्ता पुँजी ७ अर्ब ६८ करोड रुपियाँ पुगेको हो । बैंकको निक्षेप ४९ अर्ब रुपियाँ र कर्जा ४५ अर्ब रुपियाँ पुगेको छ भने शाखा सञ्जाल ८५ पुगेको छ ।

राष्ट्र बैंकले तोके अनुसार न्यूनतम ८ अर्ब रुपियाँ बैंकको अझै पुगेको छैन । त्यसका लागि उसले अव बोनस सेयर दिनुपर्ने हुन्छ ।

Advertisement

Advertisement

Advertisement