नुवाकोटका काँग्रेसी हस्तीहरुलाई पराजयको पीडा

Advertisement

डा. रामशरण महतलाई पराजित गर्दै माओवादीका हितबहादुर विजयी नुवाकोटः प्रतिनिधिसभा सदस्यका लागि नुवाकोट १ बाट वाम गठबन्धनका उम्मेदवार माओ‌वादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् । उनी यसअघि युवा तथा खेलकुद मन्त्री पनि भएका थिए ।

तामाङले पटक पटक मन्त्रीसमेत भइसकेका कांग्रेस नेता डा रामशरण महतलाई पराजित गरेका छन् । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार तामाङले महतलाई आठ हजार ५५३ मतान्तरले पराजित गरेका हुन ।

तामाङले ३६ हजार ४७३ मत प्राप्त गरेकामा महतले २७ हजार ९२० पाएका छन् । यसअघि २०६४ र २०७० को संविधानसभा निर्वाचनमा महतसँगै हार ब्यहोरेका तामाङले तेस्रो पटकको भिडन्तमा भने पराजित गर्न सफल भएका छन् ।

त्यसैगरी, नुवाकोट क्षेत्र नं २ मा पनि वाम उम्मेदवार विजयी भएका छन् । काँग्रेसका नाम चलेका नेता अर्जुननरसिंह केसीलाई हराउँदै एमालेका नारायण खतिवडाले बाजी जितेका छन् । खतिवडाले ३६ हजार ८९२ मत पाएका छन् भने केसीले २६ हजार ३३५ मत पाएका छन् ।

त्यसैगरी प्रदेशसभा सदस्यमा पनि वाम उम्मेदवारहरुले पडक जमाएका छन् । क्षेत्र १ क मा माओवादीकी राधिका तामाङले १८ हजार १३७ मतले कांग्रेसका महेन्द्र थिङलाई हराएकी छन् । थिङले १३ हजार ३६८ मत पाए ।

क्षेत्र नं. १ ख मा एमालेका बद्री मैनालीले कांग्रेसका रमेश महतलाई आठ हजार भन्दा बढी मतान्तरले पराजित गरेका छन् । मैनालीले २० हजार ५०९ मत पाएका छन् भने महतले १२ हजार २१७ पाए ।

क्षेत्र २ को क मा एमालेका केशवराज पाण्डे २० हजार ९ मत ल्याएर विजयी भएका छन् भने कांग्रेसका जगदिश्वरनरसिंह केसीले १२ हजार ७२९ मत मात्रै पाए ।

क्षेत्र नं. २ ख मा माओवादीका हिरानाथ खतिवडाले १७ हजार ७२ मत ल्याएर विजयी भए भने कांग्रेसका जगतबहादुर तामाङले १४ हजार ५२ मत ल्याए ।

Advertisement

Advertisement

Advertisement