चुक्ता पूँजी पुर्याउन स्टान्डर्डले दिने भयो १०० प्रतिशत बोनस सेयर

Advertisement

काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरुलाई शत प्रतिशत बोनस सेयर दिने जनाएको छ । बैंकको अस्ति शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उसले राष्ट्र बैंकले तोकेको ८ अर्वको चुक्ता पूँजीको सीमा पुर्याउन सो निर्णय लिएको हो ।

हाल चार्टर्डको चुक्ता पूँजी चार अर्ब ५७ लाख १५ करोड रुपियाँ रहेको छ । सय प्रतिशत बोनस सेयर दिएपछि उसको चुक्ता पूँजीको सीमा काट्ने छ ।

बैंकले बोनसमा लाग्ने कर तिर्न ५ रुपियाँ २६ पैसा नगद लाभांश पनि दिने भएको छ। बैंकले यसबारे निर्णय गर्न साधारण सभाले पारित गर्नु पर्नेहुन्छ ।

बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड २५ लाख ३१ हजार रुपियाँ खुद मुनाफा कमाएको छ । बैंकको हाल रिजर्भ कोषमा ८ अर्ब ५५ करोड १६ अर्ब ६८ करोड रुपियाँ छ ।

बैंकले गत वर्ष बिक्री गरेको एपीओबाट आएको प्रमियम रकमका कारण रिजर्भ कोषमा भारी वृद्धि भएको हो । बैंकले फेस भ्यालुमा ११ सय ९० रुपियाँ प्रिमियम जोडर एफपीओ बेचेको थियो ।

Advertisement

Advertisement

Advertisement