नेप्सेले परिवर्तन गर्यो एनवी इन्स्योरेन्सको सेयर कारोबार संकेत, नयाँ संकेत 'आइजीआई

Advertisement

काठमाडौं:एनवी इन्स्योरेन्सको नाम परिवर्तन भएसंगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पनि सेयर कारोबारको संकेतमा परिवर्तन गरेको छ ।

एनवीले नाम परिवर्तन गरेर केहि महिनाअघि आइएमई जनरल इन्सुरेन्स बनाइएको थियो । सोही अनुसार नेप्सेले सेयर कारोबारको संकेत पनि ‘आइजीआई’ राखेको छ ।

एनबि इन्सुरेन्सको गत असोज १० गते भएको साधारण सभाले कम्पनीको नाम र लोगो परिवर्तन गर्ने प्रस्ताव पेश गरेको थियो । सोही अनुसार नाम र लोगो परिवर्तन भएको हो । हाल यस कम्पनीको चुक्ता चुक्ता पुँजी ५४ करोड रुपियाँ छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो इन्सुरेन्सले २ करोड ५५ लाख ५१ हजार रुपियाँ खुद मुनाफा कमाएको छ । इन्स्योरेन्सको वार्षिक प्रतिसेयर आम्दानी १८ रुपियाँ ९३ पैसा छ ।

Advertisement

Advertisement

Advertisement