क्यासिनोमा जुवा खेल्दै गरेका २३ जना पक्राउ

Advertisement

काठमाडौंः गैरकानूनीरुपमा क्यासिनो प्रवेश गरी जुवा खेल्ने र खेलाउने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले क्यासिनो माजोङ छिरेर जुवा खेल्दै गरेका १२ जना र जुवा खेल्न क्यासिनो प्रवेश गराउने कर्मचारी तथा जुवा खेलाउने ११ जनालाई आज बिहान ३ बजे पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका २३ जनामध्ये चारजना विदेशी रहेकाले उनीहरुलाई छाडिएको र बाँकी १९ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

परिसरका प्रमुख रवीन्द्र धानुकले क्यासिनोले नेपालीलाई नक्कली कार्ड बनाए प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा जाँच गर्दा उनीहरू पक्राउ परेको जनाए ।

पक्राउ परेकासँग प्रहरीले चार लाख ४३ हजार २४६ नेपाली रुपियाँ, भारतीय रुपियाँ १००, अरेवियन दिनार १००, अमेरिकन डलर १३०, एक हजार दरका सिक्का २७ थान, ५०० दरका सिक्का दुई थान, १०० दरका सिक्का छ थान र रु सात लाख नेपाली रुपैयाँको चेक एक थान बरामद गरेको छ ।

Advertisement

Advertisement

Advertisement