भावी प्रधानमन्त्री मै हुँ भन्दै आएका वामदेव गौतमलाई सञ्जय गौतमले हराए

Advertisement

बर्दियाः वामगठवन्धनका एक महत्वपूर्ण सुत्रधार एवं एमालेका प्रभावशाली नेतालाई काँग्रेसका नेताले पराजित गरिछाडेका छन् । सञ्जयले बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा बामदेवलाई हराउँदै बाजी मारेका हुन ।

सञ्जय बहालवाला मन्त्रीसमेत हुन । उनले ७५३ मतअन्तरले वामदेवलाई हराउन सफल भएका हुन । सञ्जयले ४४ हजार ८२९ मत ल्याएका छन् भने वामदेवले ४४ हजार ७६ मत ल्याए । एमालेमा वामदेव समूहले यस पराजयलाई अस्वाभाविक भन्दै सुनियोजित र षडयन्त्रमूलक ढंगले हराइएको ठहर गरेको छ । यद्यपि उक्त समूहले औपचारिकरुपमा यस विषयमा केही बोलेको छैन ।

वामदेव स्वयम र उनी पक्षधरहरुले एमालेबाट भावी प्रधानमन्त्रीमा वामदेव गौतमलाई प्रस्तुत भएपछि एमालेको अर्को पक्षलाई त्यो चित्त बुझेको थिएन ।

Advertisement

Advertisement

Advertisement