ला लिगामा बार्सिलोनाको अग्रता कायमै, भिल्ला रियल २-० ले पराजित

Advertisement

एजेन्सीः स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले भिल्ला रियललाई पराजित गरेको छ । गए राति भएको खेलमा बार्सिलोनाले रियललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ६० औं मिनेटमा भिल्ला रियलका ड्यानियल रावाले रातो कार्ड खाएर बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो । ७२ औं मिनेटमा बार्सिलोनाको लागि स्वारेजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । भने ८३ औं मिनेटमा मेस्सीले दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै लिग लिडर बार्सिलोनाले १५ खेलबाट ३९ अंक जोडेको छ। दोस्रो स्थानको भ्यालेन्सियासँग उसले ५ अंकको अग्रता कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement