विजय जुलुसमै गएर पौडेलले किसान श्रेष्ठलाई बधाई दिए

Advertisement

दमौलीः तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विजयी भएका एमाले उम्मेदवार कृष्ण श्रेष्ठ किसानलाई उनको विजय जुलुसमै पुगेर बधाई दिएका छन् ।

पौडेलले किसानसहित अन्य विजयीहरुलाई खादा लगाइदिएर बधाई दिएका हुन । काँग्रेसमा इमान्दार र निष्ठावान नेताको छवी बनाएका पौडेल यसअघिका निर्वाचनहरुमा तनहुँबाट लगातार विजयी हुँदै आए पनि यस पटक भने पराजित हुन पुगेका हुन ।

Advertisement

Advertisement

Advertisement