बोनस सेयर समायोजनपछि गुडविलको सेयर मूल्य १६१ कायम

Advertisement

काठमाडौंः गुडविल फाइनान्सको १० दशमलव १९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएपछि सेयर मुल्य प्रतिकित्ता १६१ रुपियाँ भएको छ । सोमबार फाइनान्सको सेयर किनबेच पनि नेप्सेमा एक सय ६१ रुपियाँलाई नै आधार मानेर गरिनेछ ।

गुडविलको औसत आधार मूल्य भने दुई सय १३ रुपियाँ रहेको छ । गुडविलले फाइनान्सले पुस ७ गते साधारण सभा गर्नको लागि सोमबारदेखि बुक क्लोज गरेको हो ।

सभामा फाइनान्सले १० दशमलव १९ प्रतिशत बोनस सेयर र कर तिर्न ० दशमलव ५३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्दैछ । हाल गुडविलको चुक्ता पुँजी ७२ करोड रुपियाँ छ ।

फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड २० लाख ६८ हजार रुपियाँ खुद नाफा गरेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपियाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ एक सय २८ रुपियाँ ९५ पैसा छ ।

Advertisement

Advertisement

Advertisement