चुनाव हार्दासमेत देउवाको चेत पलाएन, कामचलाउ अवस्थामा धमाधम विवादास्पद नियुक्ति

Advertisement

काठमाडौंः शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले विवादास्पद राजनीतिक नियुक्ति गर्न सुरु गरेको छ । कामचलाउ अवस्थामा रहेको उनको सरकारले थुप्रै संस्थानहरुमा राजनीतिक नियुक्ति गरेको हो ।

देउवाले आफ्नो विवादास्पद विगत र अलोकप्रिय निर्णयहरुको कारण जारी प्रतिनिधिसभा र प्रदेशसभामा लज्जास्पद हार व्यहोरोको कुरालाई ख्याल नगरी विभिन्न संस्थानहरुमा राजनीतिक नियुक्ति गरेका छन् ।

मन्त्रिपरिषदको सोमवारको बैठकले सन्चार मन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा गोरखापत्र संस्थानमा विवादास्पद अनुहारलाई नियुक्ति गरेको छ । विभिन्न प्रकरणमा मुछिदै आएको गोरखापत्रकै एक कर्मचारी वसन्त उपाध्यायलाई संस्थानको महाप्रवन्धक नियुक्ति गरिएको छ ।

उपाध्यायलाई नियुक्ति नगर्न संस्थानको अधिकांश कर्मचारीहरुले दबाब दिइरहेको बेला आर्थिक प्रलोभनमा मन्त्री बस्नेतले मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगेर नियुक्ति गरेका हुन । बस्नेत भर्खरैको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका अग्नी सापकोटासँग सर्वनाक हार व्यहोरेका व्यक्ति हुन ।

त्यस्तै, देउवा सरकारले राप्रपाका नेता उद्धव पौडेलकी छोरी निकितालाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । उनी गोपीकृष्ण भूमिजकी सन्चालक हुन् । समाचार स्रोतहरुका अनुसार मन्त्री बस्नेतले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्ने प्रयास गरे पनि त्यो प्रयास सफल हुन सकेन ।

चुनाव जितेको वामगठवन्धनले जनताले अहिलेको सत्ताधारी समूहलाई म्याण्डेड नदिएकाले उसले गरेका सबै नियुक्तिहरु बदरभागी हुने बताउँदै आएको बेला देउवा र बस्नेत मिलेर भकाभक आर्थिक प्रलोभनमा राजनीतिक नियुक्ति गर्न सुरु गरेका हुन ।

Advertisement

Advertisement

Advertisement