सेयर बजारमा गिरावट जारी, लगानीकर्ता वाम–अर्थतन्त्रलाई ‘पर्ख र हेर’ गर्दै

Advertisement

काठमाडौंः सेयर बजारको गिरावट आज सोमबार पनि जारी रह्यो । आइतबार छ अंकले घटेको सेयर बजार परिसुचक आज भने दुई दशमलव ७४ अंकले घटेको छ । कारोबार रकम हिजोभन्दा आघै घटेर ४६ करोडमा सीमित भएको छ ।

सेयर किन्नेभन्दा बिक्री गर्न चाहनेको संख्या बढि हुनुले लगानीकर्ता वाम–अर्थतन्त्रप्रति पूर्णरुपमा विश्वस्त हुन नसकेको र पर्ख र हेरको स्थितिमा रहेको विश्लेषकहरुको भनाई छ । स्पष्ट बहुमतको सरकार नहुँदा राजनीतिक अस्थिरता कायम रहिरहेको बेला हालै सम्पन्न निर्वाचनवाट वामगठवन्धनले स्पष्ट बहुमत ल्याउने र पाँच बर्ष उसको स्थिर सरकार हुने करिव निश्चित भएको बेला सेयर बजार बढनुपर्नेमा घटनुलाई धेरैले अस्वाभाविकरुपमा लिएका छन् ।

उत्पादनमूलक र अन्यबाहेक आज पनि सबै समूह ओरालो लागे । उत्पादनमूलक र अन्यमा सरकारी लगानीका संस्थाहरु प्रमुख छन् । सबैभन्दा बढि व्यापार समूहमा एक प्रतिशतभन्दा बढिको गिरावट छ भने बाँकीमा एक प्रतिशतभन्दा कमको गिरावट छ ।

कारोबार रकममा आज पनि सबैभन्दा अगाडि स्टाण्र्डर्ड चाटर्ड बैंक रह्यो । उसको छ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

Advertisement

Advertisement

Advertisement