म्यानपावर केही वर्षभित्र नचलेको पसल जस्तै बन्द हुन्छन्, नेपालमै रोजगारी सिर्जना गर्छौं - ओली

Advertisement

झापा: झापाबाट प्रतिनिधिसभामा भर्खरै निर्वाचित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेपालमै रोजगारी सिर्जना हुने र अब कोही पनि नेपालीका छोरा छोरी म्यानवापर धाउन नपर्ने बताएका छन् ।

“तपाइँका छोराछोरी अब म्यानपावर धाउन पर्दैन,” उनले भने, “म्यानपावर केही वर्षभित्र नचलेको पसल जस्तै खारेज हुन्छन् । कोही अब विदेश जाँदैनन् । नेपालमै रोजगारीका अवसर सिर्जना गर्छौं ।”

अर्को प्रसङ्गमा ओलीले आफू लोकतन्त्रका लागि लडेको व्यक्ति भएकाले लोकतान्त्रिक पद्धतिका बारेमा आशंका नगर्न प्रतिपक्षलाई सुझाव दिएका छन् ।

झापामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “प्रतिपक्ष ढुक्क भए हुन्छ म लोकतन्त्रका लागि लडेको हो तलमाथि हुँनेछैन”।

Advertisement

Advertisement

Advertisement