सम्पदा पुनःनिर्माणका लागि २१ हजार क्युफिट काठ माग

Advertisement

काठमाडौंः सम्पदा पुनःनिर्माणका लागि ‘द’ टिम्बर कर्पोरेशन अफ नेपालमा २१ हजार २२८ क्युफिट काठ माग भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएका सम्पदाको पुनःनिर्माणका लागि पुरातत्व विभाग मार्फत १० वटा सम्पदाले काठ माग गरेका हुन् ।

काष्टमण्डपले १४ हजार, नुवाकोटस्थित भैरवी मन्दिरले १२, रातो मछिन्द्रनाथ ६८, रामेछापको खाडादेवी मन्दिर ५००, दोलखाको धनेश्वर मन्दिर तीन हजार, चारनारायण र हरिशंकर मन्दिर पाटन एक हजार ४५०, अछामको मंगलसेन दरबारले एक हजार ९२० र कनका सुन्दरी मन्दिर जुम्लाको पुनःनिर्माणका लागि २७८ क्युफिट काठ माग भएको हो ।

कर्पोरेशनका महाप्रबन्धक राजु लौडारी पुरातत्व विभागको मागको आधारमा कार्यायोजना बनाएर काठ वितरण गरिने बताउछन् । उनले सम्पदा निर्माणका लागि ठूलो आकारका काठ लाग्ने भए पनि विभागले कुन आकारको काठ कति चाहिने भनेर स्पष्ट रुपमा खुलाएर नपठाएकाले कटानी गर्न नसकिएको बताए ।

लौडारीले एकैपटक सबै काठ सम्पदाका लागि नचाहिने भएकाले चौमासिक रुपमा वितरण गरिने उल्लेख गरे ।

Advertisement

Advertisement

Advertisement