दैनिक १५ लाख रुपियाँको भारतीय प्याज वीरगञ्ज छिर्दै

Advertisement

वीरगञ्जः भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि दैनिक १५ लाख रुपियाँ भन्दा बढी मूल्य बराबरको भारतीय प्याज वीरगञ्ज बजारमा भित्रिने गरेको छ ।

अहिले दैनिक एक हजार क्विन्टल प्याज भित्रिने गरेको छ । यहाँका व्यापारीले भारतको रक्सौलबाट साइकलमा दैनिक प्याज ल्याउने गरेका छन् ।

प्याजको लागि मुख्य मण्डी मीनाबजार हो । यहाँ करिब १५ जना थोक व्यापारी छन् । यहाँबाट प्याज पोखरा, काठमाडौं, नारायणघाटलगायत क्षेत्रमा बिक्री गरिन्छ । वीरगञ्जमा प्याजको मूल्य प्रतिकिलो ७२ रुपियाँ पर्छ । यहाँका व्यापारीले प्याज खुद्रामा प्रतिकिलो १०० रुपियाँमा बिक्री गर्दैआएका छन् ।

चालु आवको पहिलो चौमासिकमा वीरगन्ज नाकाभएर १२ करोड ९३ लाख ६ हजार रुपियाँ मूल्य बराबरको ४० लाख १० हजार ८ किलो प्याज भारतबाट नेपाल भित्रिएको वीरगन्ज भन्सारका सूचना अधिकारी संतोष यादवले बताए । यस क्रममा ६५ लाख ६८ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

भारतीय बजारबाट दर्जनौ नाका भएर अहिले व्यापारी भारतीय प्याज तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement