एनसेल मेला चार शहरमा हुने, पुस ८ गतेबाट सुरु हुने

Advertisement

काठमाडौंः एनसेल प्रालिले देशको विभिन्न चार शहरमा यही पुस ८ देखि एनसेल मेला आयोजना गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न मेला गर्न लागेको कम्पनीले जनाएको छ ।

एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको हो । चारै शहरमा छोटो अवधिमा नै आफ्नो फोरजी सेवा विस्तार गरिसकेको भन्दै कम्पनीले आयोजना हुन गइरेहको मेलामा गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधी फोरजी थिममा आधारित हुने जनाएको छ ।

आगन्तुक तथा दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुतिबाट समेत आनन्द लिन सक्ने जनाइएको छ । विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला यही पुस ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरिने छ । यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ । यी प्रत्येक शहरमा मेला बिहान ११ बजे सुरु हुने र कन्सर्टसहित साँझ ६.३० सम्म चल्ने छ ।

मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरु समावेश गरिएको भन्दै एनसेलले मेलामा प्रवेश निःशुल्क हुने जनाएको छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।

बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘लिटल नेपाली आइडल’ कार्यक्रमको पनि आयोजना गरिने जनाइएको छ । मेलाको अरु आकर्षणहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रगजम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु हुने, बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरुलगायत आकर्षणहरु रहने जनाइएको छ ।

आगन्तुकहरुले मेलामा देशको १९ शहरमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै विशेष एनसेल फोरजी जोनमा फोरजी चलाएर टेष्ट पनि गर्न सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।

मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), सांगीतिक समुहमा कबवेभ, द एज र स्याडोज्ले आफ्नो प्रस्तुति गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा भाग लिनेछन् । त्यसैगरी, मेलाको अरु आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् ।

गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, इण्डियन र चाईनिज परिकारका १० स्टलहरु पनि रहनेछन् ।

Advertisement

Advertisement

Advertisement