एसीसी यु-१६ प्रतियोगिताः नेपालसँग हङकङ ४ विकेटले पराजित

Advertisement

काठमाडौंः एसीसी यु-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले हङकङलाई पराजित गरेको छ । नेपाले हङकङलाई ४ विकेटले पराजित गरेको हो ।

थाइल्याण्डको टेर्ड थाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर व्याटिङ गरेको हङकङ ३५ ओभरमा सबै विकेट गुमाएर रोकिएको थियो । हङकङले नेपालसामु ३५ ओभरमा नौ विकेट गुमाउदै ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

हङकङले दिएको लक्ष्य नेपालले २४ दशमलव १ ओभरमा छ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि तीर्थराज दासले सर्वाधिक २७ रन, राजन मगरले १७, विशालविक्रम केसी र शुशील भण्डारीले सम्मान ११ रन तथा कुशल मल्ल र नारायण जोशीले सम्मान दुई रनको जोडन सफल भए ।

त्यसअघि, हङकङलाई सस्तैमा समेट्न प्रतिस जिसीले ३, अजयकुमार लुनियाले २, तथा नारायण जोशी र निखिल कुमार सिंहले सम्मान एक विकेट लिएका थिए ।

Advertisement

Advertisement

Advertisement