दाङमा गाई काट्ने सात जना रङ्गेहात पक्राउ

Advertisement

काठमाडौंः दाङमा तीन वटा गाई काट्दै गरेको अवस्थामा सात जना पक्राउ परेका छन् । दाङको राजपुर गाउँपालिका वडा नं ७ मा गाई काट्ने क्रममा ३९ वर्षीय विरसिंह थापासहित छ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा चार पुरुषका साथै तीन महिला पनि रहेका छन् भने एक जनाको बाहेक नाम सार्वजानिक गरिएको छैन् । घटनास्थलबाट एक थान भरूवा बन्दुकसमेत बरामद भएको छ । छाडा गाई समातेर काट्ने र सुकुटी बनाएर बेच्ने गरेको रहस्य खुल्न आएको प्रहरीले बताएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । मंसिर २३ गते बेलुका सात बजेतिर अस्थायी प्रहरी पोष्ट डगरामबाट खटेको टोलीले गाई काटिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो ।

Advertisement

Advertisement

Advertisement