सहकारीको अन्तर्राष्ट्रिय महिला गोष्ठी काठमाडौंमा सुरु

Advertisement

काठमाडौंः अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको आयोजनामा सहकारी व्यवसायमा महिलाको भूमिका बढाउनेसम्बन्धी चार दिने गोष्ठी मंगलबारबाट सुरु भएको छ ।

लैगिक समानता हासिल गर्ने र सबै महिलालाई अभिप्रेरणा भन्ने दिगो विकास लक्ष्यको पाँचौ लक्ष्यलाई केन्द्रमा राखेर गोष्ठी आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नेपालको सहकारी क्षेत्रमा ५१ प्रतिशत महिलाको सहभागिता रहेको दावी गर्दै भने ‘दक्षिण एसियामा महिलाको सवालमा नेपाल अगाडी छ तर नीतिनिर्माण तहमा अझै महिलाको सहभागिता वृद्धि गर्नुपर्ने देखिन्छ ।’

अन्तर्राष्ट्रिय सहकारी महासंघकी सदस्यसमेत रहेकी राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले नेपालको सहकारीमा महिलाको उत्साहजनक सहभागिता रहेको भए पनि नेतृत्व तहमा भने न्यून उपस्थिति रहेको बताइन ।

आइसीएएपीको क्षेत्रीय निर्देशक बालु ऐयरले नेपालको सहकारीले महिला सशक्तिकरणमा राम्रो सफलता हात पारेको बताउँदै लैंगिक समानतामा नेपालले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताए । कार्यक्रममा नेपाली र विदेशी गरी ६० भन्दा बढि प्रतिनिधि सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement