लुम्बिनीले आयोजना गर्यो बिमा अभिकर्ता तालिम

Advertisement

काठमाडौंः लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्दे्शिका अनुसार काठमाडौंमा तालिम सम्पन्न गरेको छ । कम्पनीले यही मंसिर २३, २४ र २५ गते काठमाण्डुमा २० घण्टाको अभिकर्ता तालिम सम्पन्न गरेको हो ।

नेपालभरबाट करिब ५० जना प्रशिक्षार्थीहरू सहभागी भएका उक्त तालिममा बीमाको इतिहास, बिकासक्रम, आधारभूत सिद्धान्तहरू, शर्तहरू, जोखिम व्यबस्थापन, बीमाका प्रकारहरू, आवश्यक कागजातहरू, बीमा गर्ने प्रकृया, बीमाशुल्क दर, क्षेत्रगत बीमाका बिषयहरूका बारेमा जानकारी दिइएको थियो । साथै, बिमाका बिस्तृत ज्ञान, दावी प्रकृया, बीमा अभिकर्ताबारे कानूनी व्यबस्था, आचार सहिंता, बीमा समितिका निर्देशनहरू, सम्पत्ती सुद्धिकरण निवारण सम्बन्धी कानून आदिको बारेमा पनि तालिम दिइएको थियो ।

यस तालिमले कम्पनीको व्यबसाय अभिबृद्धिको साथै अभिकर्ताको माध्यमबाट स्वरोजगार कार्यक्रममा सहयोग पुग्ने विश्वा कम्पनीले लिएको छ ।

Advertisement

Advertisement

Advertisement