पच्चिस हजार घुस लिँदालिँदै विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

Advertisement

पोखराः नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी सेवाग्राहीसँग २५ हजार रुपियाँ घूस लिँदालिँदै पक्राउ परेका छन् । प्राधिकरणको पोखरा वितरण केन्द्रका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार दिउँसो पक्राउ गरेको हो।

इलेक्ट्रो फोनमेन चौथो तहमा कार्यरत ईश्वर सुवेदीलाई अख्तियारको टोलीले उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । थ्रिफेज लाइन जडानको माग गरिरहेका कृषि फार्म व्यवसायीसँग सुवेदीले घूस लिएका थिए । गएको असोजदेखि निवेदन दिँदा पनि सेवाग्राहीलाई झुलाएर सुवेदीले घूस मागेको भन्दै अख्तियारले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement