गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ३२ प्रतिशत पूरा

Advertisement

काठमाडौं: भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य हालसम्म ३२ प्रतिशतमात्र पूरा भएको छ ।

काममा भएको पछिल्लो प्रगतिका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले विमानस्थलमा भइरहेको कामको निरीक्षण गरी हालसम्मको कार्यप्रगतिबारे जानकारी लिनुका साथै अब गरिने कार्ययोजना माग गरेको छ ।

सम्झौताअनुरूप काम भए नभएको, कामको प्रगति र बाँकी काम सक्ने विषयमा उसको कार्ययोजना माग गरिएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘शुरूमा विमानस्थल निर्माणका लागि नर्थ वेष्टले नेपाली कम्पनी नेपाल इन्फ्रा प्रालिलाई जिम्मा दिएको थियो । निर्माण कम्पनी र स्थानीय ठेकेदारबीच विवाद हुँदा विमान स्थल निर्माणको कामले गति लिन सकेको थिएन ।

अहिले चिनियाँ कम्पनी आफैले निर्माण गर्दै आएपछि काममा तुलनात्मक रूपमा प्रगति भएको छ ।’ विवाद समाधान गरी काम सुचारु गर्न मन्त्रालय र प्राधिकरणले पटकपटक छलफल गरी कामलाई अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिएको थियो ।

सम्झौता औसर सबै काम निर्माण कम्पनीले गर्नुपर्नेमा स्थानीय ठेकेदार नियुक्त गरी सम्झैताविपरीत काम गरेकाले चिनियाँ कम्पनीलाई ठेक्का तोड्ने चेतावनीसमेत दिइएको थियो ।

ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले व्यवस्थापन टीम नै परिवर्तन गरी कामलाई तीव्रता दिएको न्यौपानले जानकारी दिए । एशियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा शुरू भएको आयोजना निर्माणको जिम्मा चिनियाँ ठेकेदार नर्थ वेष्ट सिभिल एभिएशन लिएको छ ।

निर्माण कम्पनीले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने नदीजन्य सामग्री (माटो गिट्टी, बालुवा)को अभाव भएको र उत्खनन गर्ने नदीका बारेमा समस्या भएको बताएपछि निरीक्षण टोलीले सरोकारवालाहरूलाई राखेर छलफल गरी समस्या समाधानका लागि पहल गरेको छ ।

Advertisement

Advertisement

Advertisement