प्राइम कमर्सियलको बुक क्लोज पुस पाँच गतेबाट, साधारण सभा २५ गते

Advertisement

काठमाडौं: प्राइम कमर्सियल बैंकले वार्षिक साधारण सभाका लागि पुस ५ गतेदेखि २५ सम्मका लागि बुक क्लोज गर्ने भएको छ । बैंकको साधारण सभा पुस २५ गते बस्दै छ । त्यसर्थ पुस ४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

सभामा बैंकले २७ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । प्राइमले बोनसका लागि १ अर्ब ७० करोड ७८ लाख ६६ अजार ६८९ रुपियाँ खर्च गर्नेछ तर कर तिर्न नगद लाभांश नदिने भएको छ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन प्राइमले आकर्षक बोनस प्रस्ताव गरेको हो । बैंकले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने भएकाले प्रबन्धपत्रको दफा ६ (ख) र ६ (ग) मा संशोधन गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।

सभामा प्राइमले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्नुपरेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्दैछ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३२ करोड ५४ लाख ३२ हजार रुपियाँ छ । २७ प्रतिशत बोनस पारित भएपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९८ हजार रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement