मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

Advertisement

लहानः पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित सडकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको बुधबार उपचारको क्रममा मृत्यु भएको छ ।

मिर्चैया नगरपालिका–१ स्थित राजमार्गमा मंगलबार साँझ पश्चिमबाट पूर्व आउँदै गरेको स८प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ५० वर्षीय चन्देश्वर साहको उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगेपछि उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, मिर्चैयाले जनाएको छ ।

सोही दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मिर्चैया नगरपालिका–१ निवासी २६ वर्षीय मुकेशकुमार कापरको प्रहरीको निगरानीमा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement