सिटीको अपराजित यात्रा कायमै, स्वांन्सि ४-० ले पराजित

Advertisement

एजेन्सीः प्रिमियर लिग अन्तर्गतको खेलमा लगातार १५ औं खेलसम्म अपराजित रहँदै म्यान्चेस्टर सिटीले स्वांन्सि सिटीमाथि विजय हात पारेको छ । गए राति सम्पन्न खेलमा स्वान्सिलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै सिटीले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

म्यान्चेस्टरको लागि २६ र्औैं मिनेटमा डेभिड सिल्भाले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ३४ औं मिनेटमा केभिन डे ब्रुइनको गोलसँगै म्यान्चेस्टरले २-० को अग्रता लियो । ५२ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरे । साथै, म्यान्चेस्टरको लागि सर्जियो अग्युरोले ८९ औं मिनेटमा गोल गरेपछि टोलीले स्वान्सिमाथि ४-० को शानदार जित दर्ता गर्यो ।

जितसँगै म्यान्चेस्टरको लिगमा १७ खेलबाट ४९ अंक भएको छ । लिगमा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडभन्दा सिटी ११ अंकले अगीरहेको छ । युनाइटेडको भने सम्मान खेलबाट लिगमा ३८ अंक रहेको छ ।

Advertisement

Advertisement

Advertisement