बैंकहरुमा चार महिनामा ३४ अर्वको तरलता

Advertisement

काठमाडौँ: बैंकहरुले लगानी योग्य क्षेत्र भेट्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा अहिले पैसा थुप्रिन थालेको राष्ट्र बैंकले जनाएको छ ।

चालू आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभाव भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब रुपियाँ लगानीयोग्य रकम रहेको केन्द्रिय बैंकले बताएको हो ।

गत वर्ष यसै समयमा बैंकमा लगानीयोग्य पुँजीको चरम अभाव थियो। बैंक तथा वित्तीय संस्थामा हाल ३४ अर्ब तरलता देखिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए।

अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ’, उनले भने, ‘आगामी दिनमा पनि यसको चाप रहिरहने देखिन्छ ।’ राजनीतिक दलले चुनावमा गरेको खर्च बैंकमा आइसकेको छैन । त्यो आएपछि तरलता अझ बढ्नेछ ।

तरलता बढेसँगै स्थानीय तहमा सरकार गठन भइसकेको अवस्था भएकाले आर्थिक गतिविधि बढ्छ। ‘बैंकहरूले लगानीका बाटाहरू खोज्छन्’, उनले भने ,‘तरलता व्यवस्थापन हुन्छ ।’

Advertisement

Advertisement

Advertisement