नेपाल एसबिआईको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, भोलिबाट 'बुक क्लोज'

Advertisement

काठमाडौं: नेपाल एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको यहि आउँदो पुस १९ गते वार्षिक साधारण सभा बस्दै छ र उसले मंसिर २९ गतेदेखि पुस १९ गतेसम्मक लागि बुक क्लोज गर्दै छ ।

त्यसै, आज मंसिर २८ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले मात्रै बोनस सेयर प्राप्त गर्नेछन ।

बैंकको सभामा १५.४२ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ०.८१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपियाँ छ तर बोनस सेयरपछि पुँजी ८ अर्ब ४ करोड ६८ लाख ४९ हजार रुपियाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४३ करोड ८८ लाख ६५ हजार रुपियाँ खुद मुनाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement